Nepalitheme

पाँचथर ।

पाँचथरको सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली भारतको खर्साङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विजयी सुरुआत गरेको छ।

फिदिम माविको खेलमैदानमा सम्पन्न खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। टाइब्रेकरमा फिदिमले ५–४ गोल अन्तरले खर्साङलाई हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित गर्यो।

फिदिम स्पोर्टिङ क्लबका आशिष चापागाईं, राम वाजी, सुकराज राई, निरोज लिङदेन र विशाल दर्जीले पेनाल्टीमा गोल गरेका थिए। खर्साङका आकाश प्रधान, विशाल भण्डारी, रुस्तम प्रधान र प्रशान्त क्षेत्रीले पेनाल्टीमा गोल गरे पनि जोगेल लामाको प्रहार फिदिमका गोलकिपर मिराक खजुमले रोकेपछि खर्साङको यात्रा उद्घाटन खेलबाटै टुंगिएको हो।

खेलमा फिदिम स्पोर्टिङ क्लबका गोलकिपर मिराक खजुम ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताको विजेता र उपविजेतालाई आकर्षक पुरस्कार
फाल्गुनन्द गोल्डकपको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले गरे। प्रतियोगिताको विजेताले नगद १० लाख ५५५ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५५ रुपैयाँ पुरस्कार पाउनेछन्।

आइतबार मछिन्द्र फुटबल क्लब काठमाडौं र झापा–११ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय