पाँचथर ।

Nepalitheme

पाँचथर जिल्लाको पुरानो र ऐतिहासिक फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करणमा यो वर्ष दश वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। आयोजक फिदिम स्पोर्टिङ क्लवले पुरस्कार राशीलाई दोब्बर बढाएर दस लाख रुपैंयाँ पुर्याएको छ।

आयोजक फिदिम स्पोर्टिङ क्लवले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टिम र पुरस्कार राशीको बारेमा जानकारी दिएको हो। आगामी पुस ६ देखि १५ गतेसम्म फिदिम खेलमैदानमा हुने यस प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, ‘ए’ डिभिजन क्लव न्यू रोड टिम (एनआरटी), मछिन्द्र क्लव, विभागीय टोली त्रिभुवन आर्मी, ‘बी’ डिभिजन चितलाङ क्लव, विराटनगर सिटी एफसी, लसहेश युथ क्लव, न्यू स्टार क्लव र झापा फुटबल टिम सहभागी हुनेछन्।

प्रतियोगितामा विजेताले १० लाख ५५५ रुपैंयाँ नगद र उपविजेताले ५ लाख ५५५ रुपैंयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी, सर्वोकृष्ट खेलाडीलाई इभी स्कुटर र प्रत्येक म्यान अफ द म्याचलाई १० हजार रुपैंयाँ प्रदान गरिनेछ। विधागत पुरस्कारहरू पनि घोषित गरिएको छ, जसमा सर्वश्रेष्ठ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच र राइजिङ प्लेयरलाई जनही १० हजार रुपैंयाँ पुरस्कारका रूपमा दिइनेछन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय