काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार सम्हालेका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकबाट कामु सचिवको जिम्मेवारी पाएका राईले सोमबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका हुन्।
सरकारले राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी राईलाई उक्त जिम्मेवारी दिएको हो ।