काठमाडौँ —अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले नवलपरासी पश्चिमको प्रतापुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजनलाई बिहीबार पक्राउ गरेको हो ।
प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका हरिजनविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । ekantipur