Nepalitheme

पाँचथर। फिदिम नगरपालिका–६ सिवाका २६ वर्षीय सुवराज तुम्रोकको अरिङ्गालको टोकाइले मृत्यु भएको छ। उनलाई कार्तिक ७ गते साँझको समयमा जंगलमा अरिङ्गालको टोकाइबाट घाइते भएपछि स्थानीय मेडिकलमा प्राथमिक उपचार गरिएको थियो।

घटनाका अनुसार, तुम्रोक जंगलमा अरिङ्गाल झार्ने क्रममा अरिङ्गालको आक्रमणमा परेका थिए। प्राथमिक उपचारपछि घर ल्याइएको तर कार्तिक ८ गते थप उपचारको लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेका बेला दिनको १ बजेतिर उनको घरमै मृत्यु भएको हो।

ऊनको स्वीटर टेजर

घटनाबारे प्रहरीलाई दिउँसो १:४० बजे जानकारी प्राप्त भएपछि नवमिडाँडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। पाँचथर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली खटाई अनुसन्धान सुरु गरिएको र शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी बिनय शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय