पाँचथर। फालेलुङ गाउँपालिका–३ र ७ को सिमाक्षेत्रमा रहेको हेंवा खोलामा श्रमदानबाट निर्माण गरिएको नमुना डाइभर्सनलाई यस वर्षको बाढीले क्षति पुर्याउन सकेन। असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले जिल्लाका अधिकांश पुलहरू भत्काएको भए पनि, यस डाइभर्सन भने बाढीको प्रहारबाट सुरक्षित रह्यो।

Nepalitheme

गत वर्षको बाढीले यही स्थानमा रहेको पक्की पुल भत्काएपछि गाउँपालिकाको अगुवाइमा सर्वसाधारणको श्रमदानबाट डाइभर्सन निर्माण गरिएको थियो। यस नमुना डाइभर्सनले बाढीको जोखिमलाई समेत सामना गर्न सक्ने गरी बनाइएको हुँदा यस पटकको बाढीले कुनै क्षति पुर्याउन नसकेको हो।

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरबिक्रम थाम्सुहाङ, उपाध्यक्ष महेन्द्रहाङ जबेगु, प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बे लगायतका जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा निर्माणमा संलग्न स्थानीय बासिन्दाहरूको सक्रियतामा डाइभर्सन निर्माण भएको थियो। श्रमदानबाट बनेको गुणस्तरीय डाइभर्सनले गाउँपालिकाको विकास र सर्वसाधारणको मेहनतलाई राम्रो उदाहरणका रूपमा स्थापित गरेको छ।

“हामी पनि तीन दिनसम्म निर्माण कार्यमा सहभागी भएका थियौं। अहिले यो डाइभर्सनलाई सुरक्षित देख्दा निकै खुसी लाग्यो,” स्थानीयहरूले गर्वका साथ बताए। यस डाइभर्सनका कारण फिदिम–फालेलुङ यातायात पुनः सुचारु भएको छ। यात्रुहरू सजिलै यात्रा गर्न सक्ने अवस्था रहेको प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वेले जानकारी दिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय