पाँचथरको फालेलुङ–५, मुवाखोलामा रहेको १ सय किलोवाट क्षमताको लघु जलविद्युत पावरहाउस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

Nepalitheme

लगातारको अविरल वर्षाका कारण पावरहाउसमा क्षति पुगेको हो। घटनास्थलमा रहेका अपरेटर कमल मगरले पालेका दुईवटा सुंगुर, खसी र केही कुखुरा समेत बाढीमा परेर ज्यान गुमाएको स्थानीय सन्दिप थाम्सुहाङले जानकारी दिए। मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।

प्राकृतिक विपत्तिका कारण गाउँको विद्युत आपूर्तिमा समस्या उत्पन्न भएको छ, जसले स्थानीय बासिन्दाको दैनिकीमा ठूलो असर पारेको छ। थप विवरणहरूको प्रतीक्षामा घटनास्थलको अवलोकन र क्षतिको विस्तृत आकलन भइरहेको थाम्सुहाङले बताए।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय