पाँचथर फिदिम । पाँचथरमा अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण शनिबार दिउँसो २ बजेसम्म पाँच जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्। घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली उद्धार र खोजीकार्यमा जुटिरहेको छ।

Nepalitheme

मृत्यु हुनेहरूमा फिदिम–४ चिसापानीकी २४ वर्षीया सपना शेर्पा, उनकी ४ वर्षीया छोरी डोल्मा शेर्पा, फिदिम–१ दुमाका ५० वर्षीय गोपी विश्वकर्मा, फिदिम–८ भोटेगाउँकी ८२ वर्षीया पश्चिमा शेर्पा र फिदिम–२ मजिटेकी ३५ वर्षीया रञ्जना राई रहेका छन्। सपना र उनकी छोरीको घर पहिरोले पुरिँदा घटनास्थलमै मृत्यु भएको थियो। गोपी विश्वकर्माको पनि पहिरोले घर पुरिएरै मृत्यु भएको हो।

गोपी विश्वकर्मा, जो फेमोखोला हाइड्रोपावरमा काम गर्थे, पहिरो आउँदा अन्य पाँच जना व्यक्तिसँगै एक घरमा बसेका थिए। उक्त घरमा पहिरो पसेपछि गोपीको मृत्यु भएको हो। उनी इगल एफएमका पत्रकार चिरञ्जीवी विश्वकर्माका बुबा हुन्। बेपत्ता हुनेहरूमा धनकुमार तुम्बापो, राजेश तुम्बापो, उनकी श्रीमती सरस्वती तुम्बापो, कृष्ण दास, कमला दास र फालेलुङ–५ की ३६ वर्षीया कमला राई रहेका छन्। राईलाई तारेखोलामा आएको बाढीले बगाएको हो।

ऊनको स्वीटर टेजर

बेपत्ता भएका व्यक्तिहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिएका छन्। स्थानीय प्रशासनले खोजी तथा उद्धारकार्यलाई तीव्र बनाएको छ र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासी, र रेडक्रसका स्वयंसेवकहरू परिचालित छन्।

यसबाहेक, बाढीले मेची राजमार्गअन्तर्गत हेंवाखोलाको बेलिब्रिज, फिदिम–फालोट सडक अन्तर्गत फेमे खोलाको मोटरेबल पुल र फालेलुङ–५ र ६ जोड्ने पक्की पुल पनि बगाएको छ। यद्यपि, पाँचथरमा अझै पनि भारी वर्षा जारी रहेको छ, जसले गर्दा उद्धारकार्यमा थप कठिनाइ भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो २४ घण्टामा पाँचथर सदरमुकाम फिदिममा १७२ मिलिमिटर वर्षा मापन गरिएको छ। स्थानीय प्रशासनले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ र सम्भावित जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।

जिल्ला प्रहरी कार्यलय पाँचथरले अविरल वर्षा र पहिरोले थप क्षति पुर्याउने सम्भावना रहेकोले सर्तकता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय