फिदिम।
पाँचथरको फिदिम नगरपालिका–२ मजिटेमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ। पहिरोका कारण ४० वर्षीया रनजना राईको घटनास्थलमै ज्यान गएको छ भने उनको १४ वर्षका छोरा गम्भीर घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय मणि राईका अनुसार, पहिरोले उक्त क्षेत्रमा ठूलो क्षति पुर्याएको छ र बस्ती नै उच्च जोखिममा रहेको छ। अविरल वर्षाका कारण पहिरोको सम्भावना अझै कायम रहेको हुँदा स्थानीय प्रशासनले जोखिममा रहेका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले आग्रह गरेको छ।
प्राकृतिक प्रकोपबाट जोगिन स्थानिय तह र सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन र पीडित परिवारलाई तत्काल राहत र सहयोगको व्यवस्था गर्न आवश्यक देखिएको छ।