पाँचथर। मेचिराजमार्ग अन्तर्गत फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोलाको बेली ब्रिज बाढीले बगाएको छ। फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेका बाढीले हिलिहाङतर्फको पिलर बगाएपछि ब्रिजसमेत बगाएको हो।

Nepalitheme

गत असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि सोही स्थानमा अस्थायी बेली ब्रिज बनाइएको थियो। बेली ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवरक र ताप्लेजुङतर्फको यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। यसले स्थानीयबासीलाई आवतजावत र सामग्री ढुवानीमा ठूलो समस्या परेको छ। यतिबेला सम्बन्धित निकायले वैकल्पिक व्यवस्थाको खोजी गर्नुपर्ने आवश्यकता छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय