ताप्लेजुङ – ताप्लेजुङमा सडकका लागि नयाँ ट्रयाक खोल्ने क्रममा स्काभेटर पुरिएर क्षति भएको छ ।

Nepalitheme

जिल्लाको फक्ताङलुङ गाउँपालिका ३ लिङखिमस्थित खेसेवामा तमोर करिडोर सडकको ट्रयाक खोल्ने क्रममा माथिबाट ढुङगा सहित झरेको पहिरोले स्काभेटरमा क्षति पुगेको हो । आज बिहान करिब ११ बजे नयाँ ट्रयाक खन्दै गर्दा चट्टान सहितको पहिरो झरेर बा. प्र. ०१–००३ क ८२६३ नम्बरको स्काभेटरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिबेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले मेसिनको आधा भाग पुरेको छ ।

स्कोभेटरका चालक रुपेश कार्की सकुशल नै रहेको प्रहरीको भनाई छ । यही क्षेत्रमा गत शनिबारमात्रै ढुङगा सहित पहिरो झर्दा एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय