पाँचथर।

Nepalitheme

फालेलुङ गाउँपालिका-३ थकेपुङमा परापूर्वकालदेखि लाग्दै आएको ऐतिहासिक दशमी मेला यस वर्ष विशेष कार्यक्रमसहित मनाइने भएको छ। केलाङ साँस्कृतिक समाज क्लबको आयोजनामा असोज २२ गतेदेखि सुरु हुने यस मेलामा चौथो संस्करणको फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ।

आयोजक जय सावाँका अनुसार, फुटबल प्रतियोगिता २२ गतेबाट सुरु भई २६ गते समापन हुने छ। प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र दिइनेछ भने दोस्रो पुरस्कार ५० हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, हाइ स्कोरर, र सर्वश्रेष्ठ खेलाडीलाई पनि ट्रफी र मेडल प्रदान गरिनेछ।

ऊनको स्वीटर टेजर

२६ गते, विभिन्न जातजातिका सांस्कृतिक नृत्य तथा कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। सांस्कृतिक कार्यक्रममा सुरज मादेन, बिरेन्द्र थाम्सुहाङ, राजनपल राई, सुनिल केरुङ, र मिङ्सो केरुङको बेजोड प्रस्तुति हुने छ। सिदिन सामुदायिक विकास क्लबले केलाङ नृत्य प्रस्तुत गर्नेछ, फालेलुङ-४ लाफेले साकेला नृत्य प्रदर्शन गर्नेछ भने फालेलुङ-४ नोर्देन छोलिङ्छोङ गुम्बाबाट गुरुङ सांस्कृतिक प्रस्तुति हुनेछ। साथै, पालाम प्रतियोगिता पनि विशेष आकर्षणको रूपमा रहनेछ।

आयोजक जय सावाँले यस ऐतिहासिक दशमी मेलाले स्थानीय सांस्कृतिक विविधता, परम्परागत नृत्य, र खेलकुदलाई प्रोत्साहन गर्दै समाजमा एकता र सद्भाव फैलाउने अपेक्षा रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय