फालेलुङ,पाँचथर ।
पाँचथर जिल्लाको सदरमुकाम फिदिमबाट विभिन्न गाउँपालिकासम्मको पक्की सडक निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ। त्यस्तै, फिदिमदेखि छिमेकी मुलुक भारतसँग जोडिने फिदिम फालोट सडकखण्डको निर्माणले पाँचथरको विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। फिदिमबाट फालेलुङ गाउँपालिकाको वडा नं. ८, ७, ६, ५ हुँदै वडा नं. ४ स्थित तिनसिमाना फालोटसम्म पुग्ने यो सडक परियोजना स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण मानिएको छ।
यो सडकखण्डको पहिलो चरणमा फिदिमदेखि फालेलुङ गाउँपालिका-६ को बाँस्बोटेसम्म ३५ किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भइसकेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा थप ११ किलोमिटर सडक विस्तारका लागि बजेट विनियोजन भएपछि, यो परियोजनाको दोस्रो चरणको काम बैशाख महिनादेखि तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगुले जानकारी दिनुभयो ।
यो सडकले यहाँका नागरिकलाई हरेक क्षेत्रमा सहजता ल्याउने पुर्ण परिचीत जबेगूले बताउँछन्। स्थानीय जंग बहादुर राईले बताए अनुसार, चौँरी गाईको घ्यू, छुर्पी, आलु, स्कुस, हरियो सागसब्जी, र जडिबुटीको बजारसम्मको पहुँच सहज हुनेछ।
यस परियोजनामा कोशी प्रदेश सरकारको २१.२ प्रतिशत र ए.डी.बी. संस्थाको ८७.५ प्रतिशतको संयुक्त लगानी रहेको छ। कुल २७ करोड २५ लाख ९३ हजार ३ सय ४७.५४ रुपैयाँको बजेट विनियोजन भएको यो परियोजना विकासको द्रुत गतिमा अघि बढिरहेको छ।
सडक निर्माणको जिम्मा लिएको रौताहा एपेक्स जेभी कम्पनीले बाँसबोटेबाट मदन चोकसम्मको ११ किलोमिटर खण्डको निर्माण कार्य दुई वर्षभित्र पूरा गर्नुपर्ने छ। हालसम्म ९ किलोमिटर हिल साइट कटिङको काम पूरा भइसकेको जानकारी कण्टक म्यानेजर सुमन कुमार झाले दिएका छन्।
यो सडकको शिलान्यास कमल प्रसाद जबेगुले तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री हुँदा गर्नुभएको थियो। विकासले पाँचथर जिल्लालाई मात्र नभई, समग्र कोशी प्रदेशलाई नै समृद्धिको नयाँ युगमा प्रवेश गराउने विश्वास गरिएको छ।