फाल्गुनन्द, पाँचथर।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-३, मेची राजमार्ग परिसरमा स्थानीय युवाहरूले सडकको सरसफाइ गरेका छन्। सडकको नालीतिर ढिस्कना खसेर दुर्घटना हुने सम्भावना बढेपछि सडक डिभिजनले वास्ता नगरेको भन्दै २० जना युवाहरूको सक्रियतामा निबु खोला देखि पन्देखोला सम्म सरसफाइ गरिएको हो।

स्थानीय नुगेन नेम्वाङका अनुसार, मेची राजमार्गको यस क्षेत्रमा बत्तीसे झरना पर्यटकीय स्थल पनि छन्। विशेषगरी बर्खाको समयमा पानी बढेसँगै बत्तीसे झरनाको सुन्दरताले धेरैलाई लोभ्याउने गरेको छ। शनिबारको दिनमा ताप्लेजुङ र इलाम जस्ता छिमेकी जिल्लाबाट समेत पर्यटकहरू आउने गरेका छन्।

स्थानीय युवाहरूले यस प्रकारको सक्रियता देखाएपछि सडकको सुरक्षा र पर्यटकीय स्थलहरूको संरक्षणप्रति थप चासो र ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय