धरानमा प्रदेश स्तरीय प्रथम सुजेन्द्र प्रसाद स्मृति भेट्रान बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
अखिल नेपाल चेस संघ कोशि प्रदेश चेस संघको आयोजनामा खेल आयोजना गरिएको हो । प्रदेश संयोजक राम कुमार मादेनको अध्यक्ष, धरानका उपमेयर आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्य, अखिल नेपाल चेस संघको अध्यक्ष एवं नेपाल बुद्दिचाल महासंघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष दिपेन राई र कोशी प्रदेश बुद्धिचाल संघको अध्यक्ष सुरेन्द्र राइको विशेष आतिथ्यता साथै प्रदेश उपाध्यक्ष नारायण प्रसाद खतिवडा, चेस संघका केन्द्रिय सदस्य प्रकाश परियार, सुनसरी अध्यक्ष बलबहादुर तामाङ, ताप्लेजुङ अध्यक्ष राजमुमार मेन्याङ्गो, जनप्रतिनिधि मिङ्मा भोटे, आर्विटर भुपेन्द्र निरौला, नेपाल च्यम्पियन राजन सुबेदि, नेपाल महिला तर्फ उपविजेता कृतिसा अधिकारी लगायतको आतिथ्यता भएको प्रतियोगितामा प्रदेश भरिका ३५ जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताबाट विजय हुने उत्कृष्ट ११ जनालाइ नगर, ट्रफि, मेडल तथा प्रमाणपत्र पत्र वितरण प्रमुख अतिथि बेगा र विशेष अतिथि राइले गर्नु भएको थियो । प्रतियोगितामा हुने हुनेहरु प्रथम किश्व विजय घिमिरे-झापा, दोश्रो नरेन्द्र राइ-झापा, तेस्रो बसन्त लामा-झापा, चौथो कृष्ण सिगदेल-झापा, पाचौं नारायण प्रसाद खतिवडा-सुनसरी, छैठौं चुडामनि कुलुङ-सुनसरी, साताै सुरेन्द्र राइ-इलाम, आठाै सम्भुकुमार राइ-मोरङ,नौऔ अविरल राइ-झापा, दशौ जिवन राइ सुनसरि र उत्कृष्ट महिला टिका लिम्बु सुनसरी रहेका छन् । विजेतालाइ नगद क्रमश प्रमथ, दोश्रो, तेस्रो र चौथौलाइ दश हजार, पाँच हजार, दुई हजार पाँच सय, एक हजार दुइ सय पचास र अन्य सबै विजेतालाइ एक हजारका दरले पुरस्कृत गएइएको थियो । त्यसै गरि संघले नेपाल च्याम्पिएन राजन सुबेदि, नेपाल महिला तर्फ उपविजेता कृतिसा अधिकारी र धेरै कार्यक्रम आयोजना गर्ने जिल्ला राजकुमार गुरुङलाइ सम्मान समेत गरेको छ । सिङ्गो प्रदेशको चेस प्रतिष्ठा बडाएकोमा सम्मान गरिएको संघका संयोजक राम मादेनले बताए । प्रमुख अतिथि बेगाले खेलाडीहरुलाइ बधाई चेस खेलको विकास, विस्तार र प्रबर्द्धनमा धरान उपमहानगरपालिका लाग्ने प्रतिबद्द्ता सहित यो अत्यन्तै बौद्दिक खेल भएकोले समाज रुपान्तरणमा खेलले महत्त्वपूर्ण भुमिका खेल्ने उल्लेख गरेका थिए । यस्तै चेस संघका केन्द्रिय अध्यक्ष दिपेन राइले सातै प्रदेश सम्पन्न गरेर भेट्रानको राष्ट्रिय प्रतियोगिता गर्ने बताउनु भएको थियो । अग्रजको सम्मान गर्दै बयस्कको सकृयामा नयाँ युवाको नविन सोच मार्फत चेस विकास र विस्तारमा चेस सघ सक्रिय भएर लाग्ने बताउनु भएको थियो । प्रतियोगिताको मुख्य आर्विटर एफ.ए. भुपेन्द्र निरौला र अन्य आर्विटरहरु एन. ए. प्रकाश परियार, एन.ए. कृतिसरा अधिकारि, एन.ए. राजन सुबेदि, एन.ए. हिमाल राइ र गोपाल श्रेष्ठ रहनु भएको थियो ।