पाँचथर । खानेपानीको मुहान नदिएको भन्दै फालेलुङ वडा नं. ६ र ७ जाने सडक फिदिम १० का स्थानियहरुले अबरुद्ध गरेका छन् । बृहत सिदिन याङनाम खानेपानी आयोजनाको लागी खानेपानीको मुहान नदिएको भन्दै फिदिम फालौट सडक खण्ड अन्तरगत आकाशे भञ्जाङमा फालेलुङ जाने सडकमा स्थानियहरुले खाली गाग्रो सहित सडक अबरुद्ध गरेका हुन्। सडक अबरुद्ध गरेका स्थानियहरुले फालेलुङबाट सदरमुकाम फिदिम आउने र सदरमुकाम फिदिमबाट फालेलुङ जाने यातायातका साधनहरुलाइ आकाशे भञ्जाङमै राेकिदिएका छन् ।
पटक पटक वार्ताको माध्यमबाट सहमती गर्न खोजे पनि फालेलुङ वडा नं. ६ र ७ का स्थानियहरुले खानेपानीको मुहान नदिए पछि आन्दोलन गर्न बाध्य भएको फिदिम १० का वडाध्यक्ष ओमराज थाम्सुहाङले बताए । जिल्ला समन्वय समिती पाँचथर, जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत पटक पटक छलफल भए पनि फालेलुङ वडा नं. ६ र ७ का स्थानियहरुले निर्माणधिन बृहत सिदिन याङनाम खानेपानी आयोजनाको मुहान क्षेत्रमा निर्माण कार्यमा अबरोध गर्ने गरेको थाम्सुहाङले बताए । थाम्सुहाङका अनुसार आयोजनाको मुहान क्षेत्रमा निर्माण कार्य गर्न नदिए सम्म आन्दोलन जारी रहने बताए ।
फालेलुङ वडा नं. ६ र ७ का स्थानियहरुको सहमति बिना आयोजनाले निर्माण कार्य सुरु गर्दा अहिलेको अवस्था आएको फालेलुङ वडा नं. ६ वडाध्यक्ष अमरराज राईले जानकारी दिए । बृहत सिदिन याङनाम खानेपानी आयोजनाले मुहान क्षेत्रबाट पानी लादा फालेलुङ वडा नं. ६ र ७ मा सिचाइमा असर पर्ने भएका फालेलुङ वडा नं. ६ र ७ का स्थानियहरु पानीको मुहान नदिएको राईको तर्क छ ।
२०७९ साल असार २३ गते संभैmता भएको बृहत सिदिन याङनाम खानेपानी आयोजनाको ९१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । बृहत सिदिन याङनाम खानेपानी आयोजनाबाट फिदिम १० र फिदिम ८ का ५ हजार ८ सय ३ जना स्थानियहरु लाभाबिन्त हुने आयोजना कार्यालयले जनाएको छ ।
केन्जो खबरबाट