फालेलुङ। पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा अवस्थित मुवा झरनामा लडेर घाईते भएका युवकको मृत्यु भएको छ ।
घाइते भएका फिदिम नगरपालिका-२ रमितेका १८ वर्षीय एल्सन मगरको उपचारका लागि बिएनसी झापामा लगिएको थियो । मगरको उपचारको क्रममा हस्पिटलमा मृत्यु भएको हो। मगर सोमबार मुवा झरनामा घुम्न गएका थिए । मगर सहित ४ जना रहेको ६ नम्बर वडाध्यक्ष अमरविर राईले जानकारी दिए । झरनाको फेदमा पौडी खेल्ने क्रममा ढुङ्गा माथी चढेपछी ४/५ मिटर तल खसेए घाइते भएका थियो। घाइते भएपछि वडा अध्यक्ष राई र प्रहरीले उद्धार गरि एम्बुलेन्समा जिल्ला अस्पताल पठाइएको अध्यक्ष राईले बताए । लडेर गम्भीर घाईते भएका मगरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको थियो ।