संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ

Nepalitheme

जिल्लाको मकालु गाउँपालिका– २ स्थित रहेको मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु बेसक्याम्प २ र ३ को बीचमा सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका– ४ बस्ने ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

गएको मंगलबार मकालु हिमाल आरोहण गरी फर्किने क्रममा बेसक्याम्प २ र ३ को बीचभागबाट शेर्पा बेपत्ता भएका थिए। बेपत्ता भएपछि खोजी गर्ने क्रममा शुक्रबार शेर्पाको शव फेला परेको खबर आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको भनाइ छ।

ऊनको स्वीटर टेजर

घटनास्थलमा मुचुल्का कार्य गर्न कठिनाइ रहेको हुँदा मृतकको शव उक्त स्थानबाट बेसक्याम्पतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको केन्द्र नुमसम्म यातायातको सुविधा रहेको छ भने नुमदेखि घटनास्थल पाँच दिनको पैदल दूरी लाग्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय