सोलुखुम्बु।

Nepalitheme

नेपालमा इतिहासमा नै याक चौरी संरक्षणको लागि याक भलिबल कप आयोजना हुँदै नेपालमा पहिलो पटक याक भलिबल कप आयोजना हुने भएको छ ।

सोलुखुम्बु जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित उत्कृष्ट पर्यटकिय स्थल घ्याङखर्क पिक समुन्द्री सतहबाट ३७०० मीटर उचाईमा यही मिति २०८१ वैशाख १० र ११ गते प्रतियोगिता हुने भएको छ ।

हिमाली क्षेत्रको गहना याक चौरी लोपोन्मुख अवस्थामा रहेको सन्दर्भमा यसको संरक्षणमा सबैको ध्यान आकर्षण गर्ने हेतुले ” Protect the Yak, Save the Himalaya” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको छ । याक र चौरीले हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षण सँगै विभिन्न जातजातिको संस्कार संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ। त्यसो हुँदा याक र चौरीको अस्तित्व संङ्कटमा पर्दा सिङ्गो हिमाली क्षेत्र अस्तित्व माथि नै प्रश्न चिन्न खाडा हुने देखिन्छ ।

याक तथा चौरी व्यवसायी संघ नेपालको मुख्य आयोजना तथा घ्याङखर्क चौरी फर्म सह- आयोजनामा सम्पन्न हुन लागिएको याक भलिबल कप प्रतियोगितामा सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, केपिलासगडी गाउँपालिका, ऐंसेलुखर्क गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाबाट महिला र पुरुष भलिबल टिम सहभागी हुने भएको छ ।

कोशी प्रदेश पर्यटन,बन् तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न हुन लागिएको “घ्याङखर्क चौरी महोत्सव” मा आयोजित महिला पुरुष प्रथम ऐतिहासिक याक कप भलिबल प्रतियोगतामा प्रथम, द्वितीय तृतीय र सान्त्वना हुने टिमले सिल्ड मेडल र प्रमाणपत्र सहित क्रमश : रु.३०,०००/-, रु.२०,०००/- ,रु.१०,०००/- र रु.५,०००/- पुरस्कार प्राप्त गर्नेछन् ।

कोशी प्रदेश सभा सदस्य माननीय गोम्बु शेर्पा कर्ज्याङ्ग को प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागिएको ” घ्याङखर्क चौरी पर्यटन महोत्सव” मा कार्यक्रमको आकर्षणको रुपमा याक भलिबल कप प्रतियोगिता,चौरी कृषक तथा जैविक विविधता संरक्षक सम्मान, प्याराग्लाइडिङ उडान, याक ट्रेकिङ ट्रेल उत्घाटन, चौरी र जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया सँगै खोटाङ जिल्ला र सोलुखुम्बु जिल्लाको जनप्रतिनिधिहरु बीच साझा अवधारणा बनाई आगामी दिनमा निरन्तर घ्याङखर्क चौरी महोत्सव आयोजना गर्न छलफल गरी आगामी योजना तर्जुमा गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads