Pasupati Ayurvedic
Nepalitheme

फिदिम । श्रम संस्कृति पार्टी फालेलुङ गाउँपालिकाले पर्यटकीय क्षेत्र तीनसिमाना फालोटमा सरसफाइ अभियान सञ्चालन गर्दै डस्टबिन (कुहिने–नकुहिने फोहोर व्यवस्थापनका लागि) स्थापना गरेको छ।

वैशाख ७ गते फालेलुङ गाउँपालिकाको वडा नं. ३ र ४ को सिमानामा पर्ने उक्त क्षेत्रमा बोतलका सिसा, प्लास्टिक लगायतका फोहोर संकलन गरी व्यवस्थापनका लागि डस्टबिन राखिएको हो।

ऊनको स्वीटर टेजर

पर्यटकीय क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्दै यसको आकर्षण बढाउन सफा वातावरण आवश्यक रहेको भन्दै अभियान सञ्चालन गरिएको श्रम संस्कृति पार्टी फालेलुङका सचिव राजन पाल राईले जानकारी दिनुभयो। उहाँका अनुसार छिमेकी राष्ट्र भारतसँग जोडिएको यस क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा याक–चौँरी पालन तथा पर्यटन व्यवसायमा असर पर्ने भएकाले ११ वटा डस्टबिन स्थापना गरिएको हो।

श्रममार्फत समाजमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको उक्त पार्टीले देशका विभिन्न स्थानमा आवश्यक कामहरू श्रमदानमार्फत गर्दै आएको र फालेलुङ गाउँपालिकाभित्र पनि सडकदेखि अन्य पूर्वाधार क्षेत्रमा श्रमदानलाई निरन्तरता दिइने राईले बताउनुभयो।

डस्टबिनमा संकलित फोहोर व्यवस्थापनका लागि स्थानीय चौँरी व्यवसायी तथा पर्यटन व्यवसायीसँग समन्वय गरी डिस्पोजल प्रक्रियाबारे छलफल भइरहेको जनाइएको छ। साथै, आगामी दिनमा चारराते क्षेत्रलगायत अन्य पर्यटकीय स्थानमा पनि सरसफाइ अभियान विस्तार गरिने पार्टीले जनाएको छ।

तीनसिमाना फालोट क्षेत्रमा गरिएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष देवराज राई, पालिका अध्यक्ष राजकुमार मादेन लगायत श्रमदाताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय