पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

लामो समयसम्म नेकपा एमालेको नेतृत्वमा रहेकी उर्मिला राईले पार्टी परित्याग गरेकी छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएकी राईले पुस २ गतेदेखि एमाले छोडेकी हुन्।

पार्टी संगठन र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै उनले एमाले परित्याग गरेको बताएकी छन्। राई राष्ट्रिय परिवर्तन पार्टीले फिदिममा आयोजना गरेको सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेलको हातबाट सिन्दुर ग्रहण गर्दै औपचारिक रूपमा सो पार्टीमा प्रवेश गरेकी हुन्।

ऊनको स्वीटर टेजर

ग्रामीण तहमा बसेर लामो समय संगठन निर्माणमा सक्रिय रहँदा पनि एमाले नेतृत्वले आफूहरूको योगदानको उचित मूल्यांकन गर्न नसकेको राईको भनाइ छ। उनी एमालेको जिल्ला कमिटी सदस्यसमेत थिइन्।

एमाले परित्याग गरेकै मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै राईले सहयात्रा, राजनीतिक संघर्ष र जीवनप्रतिको अनुभूति व्यक्त गरेकी छन्। उनले पार्टीभित्रको असहज परिस्थिति, मूल्य–मान्यताको टकराव र अब नयाँ यात्रामा अघि बढ्ने निर्णयको भाव व्यक्त गर्दै शान्त नेपाल र सुखी नेपाली निर्माणको संघर्ष कहिल्यै नछोड्न आग्रह गरेकी छन्।

उर्मिला राईसँगै नेपाल कम्युनिष्ट पार्टी (एस) तर्फबाट फालेलुङ–६ का वडा सदस्यमा निर्वाचित प्रविण राईले पनि पार्टी परित्याग गरेका छन्। उनी पनि राष्ट्रिय परिवर्तन पार्टीमै प्रवेश गरेका हुन्।

यसैबीच, फिदिममा आयोजित राष्ट्रिय परिवर्तन पार्टीको घोषणा सभामा एमाले, माओवादी र कांग्रेससहित विभिन्न दल परित्याग गरी हजारभन्दा बढी नेता तथा कार्यकर्ता परिवर्तन पार्टीमा प्रवेश गरेको जनाइएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय