Pasupati Ayurvedic
Nepalitheme

इलाम । पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए । राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

ऊनको स्वीटर टेजर

घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय