फालेलुङ । फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रूपमा अध्ययन गराउनुपर्ने नीति पारित गर्दै सोमबार ११औं गाउँसभा सम्पन्न गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

गाउँपालिकाका अनुसार अघिल्ला वर्षहरूमा निर्णय भए पनि कार्यान्वयन फितलो भएको भन्दै यसपालिको गाउँसभा बैठकले स्पष्ट कार्यान्वयन हुने गरी नीति पारित गरेको हो। अबदेखि पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले निजी विद्यालयमा छोराछोरी पढाएमा उनीहरूलाई प्रदान गरिने तलब, भत्ता र अन्य सुविधाबाट १० प्रतिशत रकम कटौती गरी आन्तरिक राजस्व खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।

गाउँपालिकाका प्रवक्ता भरत खपाङ्गीका अनुसार गाउँसभाले उक्त नीतिसहित शिक्षा ऐन, कृषि ऐन, वन तथा वातावरण ऐन र जिन्सी लिलामी ऐनसमेत सर्वसम्मत पारित गरेको छ।

ऊनको स्वीटर टेजर

सोही अवसरमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ४१ लाख ४५ हजार ७०१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। जसअन्तर्गत १ करोड रुपैयाँ आन्तरिक राजस्व स्रोतबाट संकलन गरिने लक्ष्य लिइएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय