फिदिम ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फिदिममा आयोजित निशुल्क स्वास्थ्य शिविरमा १८ वर्षभन्दा मुनिका शारीरिक अपाङ्ग बालबालिकाले सेवा लिएका छन्। आइतबार जिल्ला अस्पताल, पाँचथरमा सम्पन्न एकदिने शिविरबाट १०३ जना बालबालिकाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।

शिविरमा २० जना बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र, कोशी प्रदेशका इञ्चार्ज मधुसुदन अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार अपाङ्गता भएका बालबालिकालाई वैशाखी, ह्विलचेयर, वाकरजस्ता सामग्री वितरण गरिएको थियो भने एक जनालाई कृत्रिम अंगसमेत प्रदान गरिएको छ।

ऊनको स्वीटर टेजर

साथै, शिविरमा २५ जना बालबालिकालाई शल्यक्रियाका लागि काभ्रेको बनेपा अस्पतालमा सिफारिस गरिएको छ। ती बालबालिकालाई यातायात खर्च र शल्यक्रिया तथा औषधि समेत निशुल्क उपलब्ध गराइने अधिकारीले जानकारी दिनुभयो।

शिविर अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र, बनेपा काभ्रेको प्राविधिक सहयोग र फिदिम नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो। फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार नगरपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय