Nepalitheme
Pasupati Ayurvedic

सुपरहिट फिल्म ‘जारी’ को दोस्रो शृंखला ‘जारी २’ को छायांकन सुरू गरिएको छ।

मंगलबार पाँचथरमा शुभमुहूर्त गर्दै त्यहीबाट छायांकन सुुरू गरिएको हो। यो फिल्मको सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यमा हुनेछ।

ऊनको स्वीटर टेजर

उपेन्द्र सुब्बाको निर्देशन रहने ‘जारी २’ को फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ। फिल्म दसैंमा प्रदर्शनमा ल्याइने घोषणा गर्दै ‘जारी २’ को फस्र्टलुक सार्वजनिक गरिएको थियो।

फर्स्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको थियो। यो फिल्मको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ। फिल्मको लेखन उपेन्द्र सुब्बाले नै गरेका हुन्।

कवि उपेन्द्र सुब्बाको डेब्यु निर्देशन रहेको ‘जारी’ ले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो।

‘जारी २’ मा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरूना मगरको मुख्य भूमिका रहनेछ। बुद्धि तामाङ, पुष्कर गुरूङ, प्रेम सुब्बा, माओत्से गुरूङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु लगायतको पनि अभिनय रहनेछ।

रामबाबु गुरूङको निर्माण रहने फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा बन्न लागेको हो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय