पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरमा दुई मिडिया हाउसको संयुक्त कार्यालय शनिबार बिहान उद्घाटन गरिएको छ। सुम्हात्लुङ टाइम्स डटकम र फालेलुङ न्यूज डटकमको कार्यालय उद्घाटन एक नम्बर प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले गरेका छन् ।

पाँचथरको सदरमुकाम फिदिम नगरपालिका-१ शनिबारेमा कार्यालय स्थापना गरेको हो। फालेलुङ न्यूज डटकमका अध्यक्ष तथा सञ्चालक सुवास राईले दिएको जानकारी अनुसार, यी दुई मिडिया केही वर्षदेखि ग्रामीण क्षेत्रका घटना, पर्यटन र समाजका सूचनाहरू सम्प्रेषण गर्दै आएका छन्।

ऊनको स्वीटर टेजर

सुम्हात्लुङ टाइम्सका प्रधान सम्पादक रामचन्द्र बमजन तामाङले पाँचथर जिल्लामा स्थायी कार्यालय स्थापना गरेर स्थानीयस्तरमै पत्रकारिता प्रवर्द्धन गर्न लागिएको बताए।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इन्द्रबहादुर आङ्बोले ग्रामीण क्षेत्रमा जनताको सुख-दुःख र समस्याहरू उजागर गर्दै तथ्यपरक सूचना सम्प्रेषण गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले यी मिडिया हाउसले स्थानीयताको स्वर उठाउने र जनचासोका विषयमा जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए।

विशेष अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले हालै जिल्लामा आएको बाढीपहिरो जस्ता विपद्‌का समयमा सूचना प्रवाहले उद्धार र राहत कार्यमा ठूलो सहयोग पुर्‍याएको भन्दै मिडिया हाउसहरूको भूमिकाको प्रशंसा गरे।

नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष खड्कबहादुर सम्बाहाम्फे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गिरिराज बाँस्कोटा र दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावालगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको सञ्चालन फालेलुङ न्यूजका अध्यक्ष सुवास राईले गरेका थिए भने अध्यक्षता सुम्हात्लुङ टाइम्सका प्रधान सम्पादक रामचन्द्र बमजन तामाङले गरेका थिए। स्वागत मन्तव्य सुम्हात्लुङ टाइम्सका व्यवस्थापक भीमकुमार चेम्जोङले गरेका थिए।

सुम्हात्लुङ टाइम्सका अध्यक्ष सन्देश सुब्बाले दुई मिडियाको संयुक्त प्रयासले जिल्लाका ग्रामीण क्षेत्रमा सरकार र जनताबीचको सूचना आदानप्रदानलाई सुदृढ बनाउने, पर्यटन प्रवर्द्धनमा योगदान दिने र भ्रष्टाचार तथा अनियमितताविरुद्ध खबरदारी गर्ने बताए।

उद्घाटन समारोहले पाँचथरमा सञ्चार र सूचनाको प्रभावकारी माध्यमको आवश्यकता औंल्याएको छ। दुबै मिडिया हाउसले जिल्लाको सामाजिक र आर्थिक विकासमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय