Nepalitheme
Pasupati Ayurvedic

यासोक, पाँचथर ।

पाँचथरको कुम्मायक गाउँपालिकामा अवस्थित यासोक क्याम्पसको ५ कोठे प्रशासनिक भवनको शिलान्यास गरिएको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा कुम्मायक गाउँपालिकाका अध्यक्ष वम प्रसाद लावतीले भवनको शिलान्यास गर्नुभयो।

ऊनको स्वीटर टेजर

सुवर्ण निर्माण सेवा फिदिमले निर्माणको जिम्मा पाएको उक्त भवन यसै चालु आर्थिक वर्षभित्र सम्पन्न गरिनुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष देबेन्द्र कुमार लावतीले जानकारी दिनुभयो। क्याम्पसका अनुसार ६३ लाख रुपैयाँमा टेन्डर खोलिएकोमा सुवर्ण निर्माण सेवा फिदिमले ५० लाख ९९ हजार ६ सय ४ रुपैयाँ ६६ पैसामा भ्याटसहित ठेक्का पारेको हो।

शिलान्यास समारोहमा अध्यक्ष लावतीले निर्माण कार्य गुणस्तरीय र फलदायी बनाउनका लागि क्याम्पस प्रशासन, पालिकावासी, र सबै सम्बन्धित पक्षले निर्माण प्रक्रियामा चासो र निगरानी राख्नुपर्नेमा जोड दिनुभयो। Panchthar FM

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय