फिदिम, पाँचथर। बाल दिवसको अवसरमा आजदेखि फिदिम नगरपालिका वडा नं ७ स्थित बराजू रंगशालामा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन समारोहका प्रमुख अतिथि वडा नं ७ का अध्यक्ष रुपेन्द्र तामाङको विशेष आतिथ्यमा प्रतियोगिताको सुरुआत भएको हो।

Nepalitheme

आजको उद्घाटन खेलमा, आयोजक रानिटार यूनाइटेड क्लब र देउमाई फुटबल क्लब, इलाम बीच प्रतिस्पर्धा भयो। खेलमा देउमाई क्लबले आयोजक टोलीलाई ६-१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको छ। त्यस्तै, दोस्रो खेलमा पाँचथर फुटबल खेलाडी क्लबले स्वतन क्वल रानीटारलाई १-० को नतिजामा हराउँदै जित आफ्नो पक्षमा पार्‍यो।

समारोहमा प्रमुख अतिथि रुपेन्द्र तामाङसँगै पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद बाँस्कोटा, तमु छोज धीका राष्ट्रिय परिषद सदस्य पूर्ण बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। उनीहरूले बाल दिवसको अवसरमा खेलकुदमार्फत बालबालिकाको सशक्तीकरण र अनुशासनको महत्वबारे जोड दिएका थिए।

ऊनको स्वीटर टेजर

यस प्रतियोगितामा पाँचथर, इलाम, र झापाका विभिन्न आठ टोलीहरूको सहभागिता रहेको छ। फाइनल खेल यही भाद्र २९ गते हुनेछ, जहाँ विजेताले नगद रु १ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले भने रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र हात पार्नेछन्।

रानिटार यूनाइटेड क्लबका अध्यक्ष टंक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गुरुङले प्रतियोगिता फाइनलसँगै मनोरञ्जनात्मक रोपाइँ जात्रा पनि आयोजना गरिने जानकारी दिएका छन्।

बाल दिवसको अवसरमा सुरु भएको यो प्रतियोगिता स्थानीय खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय