विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले फिदिम नगरपालिकामा मात्रै कुनै अर्को जिल्लाको भन्दा धेरै बजेट ल्याएको बताएका छन् ।

Nepalitheme

सङ्खुवासभा,ताप्लेजुङ,तेह्रथुम जिल्लाहरूको भन्दा धेरै बजेट फिदिम नगरपालिकामा मात्रै ल्याएको उनले दाबी गरे । नेकपा माओवादी केन्द्र फिदिम नगरपालिका वडा नम्बर ९ ले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा संसदीय दलका नेता आङ्बोले आफू निर्वाचित भएको ६ वर्षमा ३० वर्षमा नभएको काम गरेर देखाएको दाबी गरे ।

यसअघि प्रदेश नयाँ हुनुका साथै कर्मचारी, कार्यालय र श्रोत साधन नहुँदा पनि सिङ्गो पाँचथरमा ३० वर्षमा नभएको काम गरेर देखाएको उनले दाबी गरे । ‘हिजोको ३० वर्षमा भएको काम भन्दा धेरै काम यो बिचमा भएको छ, उनले भने,‘वसन्त नेम्वाङले २५ वर्षसम्म जिते, भीष्मराज आङ्देम्बेले पनि एक पटक जिते, उहाँहरूले के गर्नुभयो होला भन्ने महसुस भयो, पाँचथरको विकासको जग बसाउने काम त बरु पद्म सुन्दर लावतीले नै गरेका हुन् ।’

ऊनको स्वीटर टेजर

आङबोका अनुसार पद्म सुन्दर लावतीले मेची राजमार्ग, क्याम्पस, बिजुली, कार्यालयहरू, अदालत, अस्पताल, विभिन्न कार्यालयहरू बसाउने खालको देखिने काम भएको छ ।

जनताको पक्षमा राजनीति गर्छु भन्नेहरूले केही नगरेको उल्लेख गर्दै आफुले धेरै काम गरेको उनले बताए । आफ्नो कार्यकालमा निर्माण भएका सडक तथा पूर्वाधारको बारेमा विभिन्न टिकाटिप्पणीहरू भएको बताउँदै आङ्बोले भने,‘कोहीले मावलीबाट,कोहीले ससुरालीबाट बाटो लगे भनेको, अहिले फिदिमको माथिल्लो बाटो बन्दै छ त्यहाँ पनि बुढा मावलीको हो भनेर कसैले भन्छ भने म त्यस कुराको पछि लाग्दैन ।’

उनले आफू निर्वाचित भएपछि पाँचथरको विकासको नक्सा नै बदलेको बताए । ‘निबुखोलाको पानी डाँडामा पुगेर फेरी हाम्रा घरमा आएको, बाटो नै नभएको ठाउँमा कालोपत्रे आउँछ भनेर हामीले सोचेका थियौँ त?, आङ्बोले प्रश्न गर्दै भने, ‘कालोपत्रे बाटो बनाउँछौँ भन्दा यसले ढाँट्यो छल्यो, भोट माग्नलाई यो भन्यो भनेर कति भने ? त्यो बेला केही नबोली काम गरेर देखाएँ ।’

उनी निर्वाचन पछि गाउँ नगएको भन्दै आलोचना हुँदै आएको थियो । प्रदेशमा कसैको बहुमत नपुगेको कारण सरकार ढल्ने र बन्ने गरेका कारण गाउँ आउन नपाएको उनले बताए ।

आफू सरकार बाहिरै रहे पनि मानिसहरू चकित नै पर्ने गरी धेरै बजेट पाँचथरमा ल्याएको उनले बताए ।

#मकालु खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय