विराटनगर : राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति क्रान्तिद्वारा बृहत् सम्वादात्मक कार्यक्रम रंगेलीमा सम्पन्न भएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच मधेश ब्यूरोको आयोजनामा केन्द्रिय नेता केशव झाले राष्ट्रिय मुक्ति क्रान्ति भनेको गुलामलाई मालिक बनाउने प्रोजेक्ट रहेको बताए ।
बहुलराष्ट्रिय राज्यको स्थापनाले उत्पीडित जातिको सत्ता स्थापना गर्ने हुनाले सवै उत्पीडित राष्ट्रियताहरु एकजुट भै लडनु पर्नेमा उनले जोड दिए।
यङ इन्डिजिनिस्ट लिगका संयोजक सनम लिम्बुले मधेशी र आदिवासी जनजाति मिलेर लडे मात्र स्वशासन कायम रह्ने बताए ।
केन्द्रिय नेता संतोष मेहताले राष्ट्रिय मुक्ति क्रान्ति भनेको मधेशवाद देखि स्वदेशवादको यात्रा रहेको उल्लेख गरे।
लोकतन्त्रको कार्यभार पुरा नभएकोले सम्पुर्ण क्रान्तिको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति आवस्यक रहेको उनको भनाइ थियो
कार्यक्रमा अनिल महासेठ, हिरा मन्डल, विजय मण्डल , गंगा यादव, कर्मचन्द राजवंशी, इन्द्रलाल साह लगायत समाजका अगुवा , बुद्धिजीवि , प्राध्यापक , कानुनविद्हरुले आ-आफ्नो धारणा राखेका थिए । यस्तै जेठ १९ गते धरनाम वृहत् भेला हुने समेत जनाइएको छ ।

Pasupati Ayurvedic
Nepalitheme

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय