पाँचथर।  प्रदेशस्तरका कलाकारलाई उचित मञ्च र सम्मान दिने उद्देश्यले आयोजना गरिएको ‘कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार’ तेस्रो सिजनको फाइनल आमन्तरण कार्यक्रम आउँदो पुस १२ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुने भएको छ।
सन मुन मोसन पिक्चर्स प्रा.लि.को आयोजनामा सञ्चालन हुँदै आएको यो खुला प्रतियोगिताका लागि प्रदेशका अधिकांश जिल्लामा अडिसन सम्पन्न भइसकेको छ भने अडिसनपछिका विभिन्न चरणहरू इटहरीमै सम्पन्न गरिएको संस्थापक निर्देशक सञ्जय धमलाले जानकारी दिए।

Nepalitheme

आयोजकका अनुसार प्रतियोगिता ६ वर्षभन्दा माथिका सबै उमेर समूहका सहभागीका लागि खुला गरिएको छ। २०८० सालदेखि सुरु भएको प्रतियोगिताको पहिलो सिजनमा गायनतर्फ एल्जिना राई र नृत्यतर्फ रिया बलमपाकी मगर विजेता बनेका थिए। दोस्रो सिजनमा गायनतर्फ सुन्दर लिम्बु र नृत्यतर्फ पुरुषोत्तम भुषालले उपाधि हात पारेका थिए।

हाल सञ्चालनमा रहेको तेस्रो सिजनमा गायनतर्फ टप–५ मा सुन्दर राई, कल्याण राई, अनिल कुमार राई, अर्जू भुषाल र विष्णु कुमार मगर चयन भएका छन्। नृत्यतर्फ टप–४ मा लाजिमा राई, स्वेता राक्खा, इशाना मगर र नयन गुरुङ रहेका छन्।
यसपटकका टप–५ मध्ये मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँ, पाँचथरका सुन्दर राई र सोही पालिका–८ निवासी विष्णु कुमार मगर पनि प्रतिस्पर्धीका रूपमा रहेका छन्।

ऊनको स्वीटर टेजर

प्रतियोगितामा गायन तथा नृत्य दुवै विधामा प्रथम हुने प्रतिभालाई नगद एक लाख रुपैयाँसहित आफूलाई मनपर्ने कलाकारसँग काम गर्ने अवसर प्रदान गरिने बताइएको छ। द्वितीय पुरस्कारमा ३० हजार रुपैयाँसहित अडियो/भिडियोमा काम गर्ने अवसर र तृतीय पुरस्कारमा २० हजार रुपैयाँसहित अडियो/भिडियोमा काम गर्ने अवसर दिइनेछ।

प्रतियोगिताका निर्णायकमा गायनतर्फ गायक, लेखक तथा संगीतकार ओम तिलक ओली रहेका छन् भने नृत्यतर्फ डान्सर तथा मोडल अस्मिता रणपाल निर्णायकका रूपमा सहभागी छिन्।
असोज ११ गतेदेखि फाराम खुलेको यस प्रतियोगितामा प्रदेशभरिका करिब दुई सयभन्दा बढी नयाँ प्रतिभाले सहभागिता जनाएका थिए। “कला तपाईँको, मञ्च हाम्रो” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले प्रदेशभर रहेका प्रतिभालाई राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय