पाँचथर।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फिदिम नगरपालिका–४ सुम्हात्लुङ गडीमा यस वर्ष पनि चासोक मेला तथा ८ औं सुम्हालुङ मिनि म्याराथन आयोजना गरिने भएको छ। आइतबार बिहान सुम्जिरी सुम्हालुङ आम्वे पज संरक्षण तथा विकास प्रतिष्ठानले पत्रकार सम्मेलन गरी मेला तथा म्याराथनबारे जानकारी दिएको हो।

धार्मिक एवं ऐतिहासिक पहिचान बोकेको लिम्बू समुदायको महत्वपूर्ण स्थल सुम्हात्लुङ गडीमा परम्परागत रूपमा लाग्दै आएको यो मेला तथा म्याराथन आगामी पुस १० गतेदेखि १९ गतेसम्म सञ्चालन हुने मेला संयोजक कमल लावतीले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

चासोक तङनाम पर्वको अवसर पारेर आयोजना गरिने मेलामा स्थानीय परिकार, मौलिक खानेकुरा तथा सामाग्रीको प्रदर्शनी हुनेछ। विभिन्न जातजातिको झाँकी प्रदर्शन तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। मेलाको विशेष आकर्षणस्वरूप चर्चित गायक प्रकाश सपुतको बेजोड प्रस्तुति रहने बताइएको छ।

यसैगरी, पुरुषतर्फ ९ किलोमीटर ३०० मिटर र महिलातर्फ ५ किलोमीटर ५०० मिटर दूरीको मिनि म्याराथन आयोजना गरिने भएको छ। खेलकुदमार्फत स्थानीय क्षेत्रको पहिचानलाई राष्ट्रिय तहमा प्रवर्द्धन गर्न म्याराथन आयोजना गरिएको फिदिम–४ का वडा अध्यक्ष उपेन्द्र लावतीले बताउनुभयो।

म्याराथनमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

मिनि म्याराथन पुस १२ गते बिहान सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय