विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

यो हारसँगै लगातार तीन खेल जितेको विराटनगरको अपराजित यात्रा टुंगिएको छ भने चितवनले तेस्रो खेलमा दोस्रो जित निकालेको छ।

१७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा समेटियो। चितवनका स्पिनर रन्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। विराटनगरका लागि मर्स्याङ डि लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाए पनि जितका लागि पर्याप्त भएन।

ऊनको स्वीटर टेजर

टस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि रवी बोपाराले ३८ बलमा ६५ रनको उत्कृष्ट पारी खेले। यो उनको जारी सिजनमा लगातार तेस्रो अर्धशतक हो। साथै साइफ जइबले ३२ र देव खनालले २८ रनको योगदान दिए।

विराटनगरका सन्दीप लामिछाने र मर्स्याङ डि लाङले २–२ विकेट लिए। रवी बोपारा जारी सिजनमा सर्वाधिक रन (१८३) बनाउने खेलाडी बनेका छन्। सन्दीप लामिछाने सर्वाधिक विकेट (९) लिने बलरको शीर्ष स्थानमा छन्। –Hamromat

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय