पाँचथर । नेपाल शिक्षक महासंघ फिदिम नगर समितिले शिक्षकहरूका लागि स्थानीय तहबाट विनियोजन गरिएको भत्ता पाउनुपर्ने माग गर्दै आज फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ।

Pasupati Ayurvedic
Nepalitheme

ध्यानाकर्षण पत्र महासंघ फिदिम नगर समितिका अध्यक्ष हरिकृष्ण मिश्रले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा–युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई बुझाएका हुन्।

महासंघका अनुसार नेपाल सरकारको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ (संशोधन सहित) को दफा ६५ को उपदफा ४ बमोजिम तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८२ असार १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत कार्यक्रमअनुसार शिक्षकलाई स्थानीय भत्ता प्राप्त हुने व्यवस्था भए पनि पाँचथरमा हालसम्म यो सुविधा उपलब्ध नहुँदा ध्यानाकर्षण गराइएको हो।

ऊनको स्वीटर टेजर

यस्तै, शिक्षा तथा मानव संसाधन विकास केन्द्र, भक्तपुरद्वारा प्रकाशित ‘कार्यक्रम कार्यान्वयन कार्यविधि आर्थिक वर्ष २०८२/८३’ को बुँदा नं. २.२ मा समेत शिक्षकहरूका तलबभत्ता तथा सेवा–सुविधामा स्थानीय भत्ता प्रदान गरिने व्यवस्था स्पष्ट गरिएको महासंघ पदेन सदस्य एवं एकीकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर अध्यक्ष रामप्रसाद बाँस्कोटाले जानकारी दिए।

पाँचथर जिल्ला स्थानीय भत्ता पाउने क्षेत्रको ‘घ वर्ग’ मा परे पनि हालसम्म फिदिम नगरपालिकाबाट उक्त सुविधा नपाइएको भन्दै महासंघले तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरेको छ।

यसैबीच, ध्यानाकर्षण पत्र बुझाएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख दाहालले शिक्षक भत्तासम्बन्धी जानकारीका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र भक्तपुरमा पत्राचार गराइएको जानकारी दिएको बताइएको छ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा महासंघ फिदिम अध्यक्ष हरिकृष्ण मिश्र, नगर समिति टोली, महासंघ पाँचथरका सहसचिव जीवन भण्डारी, आवद्ध शिक्षक संघ–संगठनका अध्यक्षहरू लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय