Nepalitheme

पाँचथर । प्रदेशको सञ्चार क्षेत्र व्यवस्थापन गर्न भन्दै कोशी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको ‘आम सञ्चार विधेयक’ लाई लिएर विवाद चुलिएको छ। उक्त विधेयक सत्ता गठबन्धनले न्याय प्रशासन तथा विधायन समितिबाट बहुमतको आधारमा पारित गरेको भन्दै सांसद इन्द्र बहादुर आङ्बो ‘मौसम’ले गम्भीर आपत्ति जनाएका छन्।

सांसद आङ्बोका अनुसार, विधेयकमा माओवादी केन्द्रको स्पष्ट असहमति र फरक मत रहेको छ। त्यस्तै, आम सञ्चार क्षेत्रकै असहमति र विरोधलाई बेवास्ता गर्दै विधेयक अघि बढाइएकामा उनले प्रश्न उठाएका छन्।

ऊनको स्वीटर टेजर

“मुख्यमन्त्रीज्यू, सभामुखज्यू, प्रमुख प्रतिपक्षी दलको असहमति र सञ्चार क्षेत्रको ठुलो विरोधबीच सङ्ख्याको बलमा विधेयक पास नगर्न गम्भीर ध्यानाकर्षण गराउँछु,” सांसद आङ्बोले भने।

उनले विधेयकलाई पुनः समितिमा फिर्ता गरी सबै दलहरू, सञ्चार क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाबीच परामर्श र सहमतिका आधारमा पारित गर्नुपर्ने विशेष अपिल समेत गरेका छन्।

सांसद आङ्बोले उठाएको मुख्य जिज्ञासा भनेको — “आम सञ्चार क्षेत्रकै असहमति र विरोधबीच यो विधेयक कसका लागि बनाइएको हो?” भन्ने हो। उनले संवेदनशील विधेयकलाई राजनीतिक बहुमतको बलमा अघि बढाउनु लोकतान्त्रिक मूल्य र सञ्चार स्वतन्त्रताको विपरीत रहेको चेतावनीसमेत दिएका छन्।

आङ्बोले शुक्रबार आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन् ।

प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नको निम्ति प्रदेश सरकारले पेस गरेको “आम सञ्चार विधेयक” न्याय प्रशासन तथा विधायन समितिबाट सत्ता गठबन्धनले बहुमतबाट जबरजस्ती पास गरेर आज प्रदेशमा पेस गरेको छ,विधेयकमा माओवादीको प्रस्ट असहमति र फरक मत रहेको छ 

अझ आम सञ्चार क्षेत्र कै असहमति र विरोधका बिच यो विधेयक कसका निम्ति बनाइएको हो प्रश्न गम्भीर छ।

माननीय मुख्यमन्त्री ज्यु, माननीय सभामुख ज्यु, प्रमुख प्रतिपक्षी दलको असहमति र आम सञ्चार क्षेत्रको ठुलो असहमति र विरोधका बिचमा विधेयक जबरजस्ती सङ्ख्याको बलमा पास नगर्न गम्भीर ध्यानाकर्षण गराउँदछु।

प्रदेश सभामा पेस गरिएको आम सञ्चार विधेयक फेरि समितिमा फर्काएर प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरू, आम सञ्चार क्षेत्र र सरोकारवाला सबैको सहमतिमा पास गर्न विशेष अपिल गर्दछु ।

यस विषयमा सत्तारूढ पक्षको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय