पाँचथर।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माण भइरहेको मोडुलर पुलको जडानका लागि आएका भारतीय १८ जना मजदुरलाई साउन २८ गते सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले नेपाली ढाका टोपी, फिदिममा उत्पादन भएको अर्गानिक चिया, छुर्पी र ललिपप दिएर बिदाइ गरेका छन्।

Nepalitheme
Pasupati Ayurvedic

निर्माण अवधिमा कामको क्रममा मनमुटाव भए त्यसले सम्बन्ध नराम्रो नहोस् र सफलता पूर्वक मोडुलर पुलको जडान भएकोले हौसला तथा छिमेकी राष्ट्र भारतका नागरिकहरूसँग सम्बन्ध मजबुत कायम राख्न उनीहरूलाई मायाको चिनोस्वरूप उपहार प्रदान गरिएको भट्टराईले बताए।

मोडुलर पुल साउन १७ गतेदेखि सुरु भएको थियो। जडानका लागि भारतको पनि सहयोग रहेको थियो। लन्जिङ किट मेम्बर पहिलेको भन्दा फरक रहेको छ। यो मोडुलर अबको एक सातादेखि सञ्चालनमा आउने भट्टराईले जानकारी दिए।

ऊनको स्वीटर टेजर

यहाँ यस्तै खालको पुल जेठ ३१ गते भाँचिएको थियो। त्यस दुर्घटनामा ६ जना घाइते भएका थिए, जसमा ३ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए। निर्माणको अन्तिम चरणमा भाँचिएको थियो। यो मोडुलर पुल नेपालकै सबैभन्दा लामो ७० मिटरको हो। निर्माणका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी दिभान सुपर सौगात लाइट बिल्डर्स कम्पनीलाई जिम्मा दिइएको इन्जिनियर लक्षण बरालले जानकारी दिए।

यसअघि २०८० असार २ गते बाढीले पक्की पुल बगाएको थियो। त्यसपछि संघीय सरकारले २९ दिनमा बेलिब्रिज जडान गरेको थियो। तर, सो पुल २०८१ असोज १२ गते बाढीले बगाएपछि दोस्रो पटक जडान भइरहेको बेलिब्रिज पनि गत जेठ ३१ गते दुर्घटनामा परेको थियो।

हाल सो स्थानमा ड्राइभसन ह्युमपाइप राखी ताप्लेजुङ–पाँचथर जोड्ने यातायात सञ्चालन भइरहेको छ। यो फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मुख्य सडक हो। यही सडकमार्ग प्रयोग गरेर ताप्लेजुङ, पाँचथर, इलाम र झापा जस्ता तराईका जिल्ला आवागमन हुने गर्छ। हाल अस्थायी रूपमा राखिएको ड्राइभसन बाढीले बगाउने र बनाउने कार्य निरन्तर भइरहेको छ। अब एक साताभित्र मोडुलर पुल सञ्चालनमा आएपछि ताप्लेजुङ र पाँचथरको हिलिहाङ, याङ्वरक र फालेलुङ गाउँपालिकालाई ठूलो राहत पुग्ने स्थानीयहरूले बताएका छन्।

तस्वीर – नियोन लिम्बू

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय