फिदिम । पाँचथरको फिदिममा सञ्चारकर्मीहरूलाई लक्षित गरी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ।

Nepalitheme
Pasupati Ayurvedic

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको आयोजनामा जेठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालित उक्त तालिममा पाँचथरसहित तेह्रथुमका पत्रकारहरूको सहभागिता रहेको थियो। तीन दिने तालिममा ४१ जना पत्रकारले सहभागिता जनाएका महासंघका कोषाध्यक्ष युबेन जबेगूले जानकारी दिए।

प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा पनि डिजिटल उपकरण र स्रोतसाधनको प्रयोग आवश्यक भएकाले तालिम आयोजना गरिएको महासंघका अध्यक्ष भीम बाँस्कोटाले बताए। तालिम आयोजनामा कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगरले सहयोग प्रदान गरेको थियो।

ऊनको स्वीटर टेजर

तालिममा सहभागी पत्रकार राजकुमार इसारा राईका अनुसार एआईको प्रयोगबाट समाचार लेखन, फोटो निर्माण, भिडियो उत्पादन, पोडकास्ट निर्माण तथा विशेष सामग्री (फिचर) तयार गर्ने सीप प्राप्त गरिएको थियो। साथै, एआई प्रयोगसँग सम्बन्धित कानुनी पक्षसमेत सिकाइएको उनले बताए।

उक्त तालिममा प्रशिक्षकको रूपमा काठमाडौंबाट एआई अभ्यासकर्ता जीवन भण्डारीले सहजीकरण गरेका थिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय