पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन तयारीलाई तीव्रता दिँदै देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। पार्टी नेताहरूले प्रशिक्षणका कारण कार्यकर्तामा उत्साह थपिएको दाबी गरेका छन्।

हालै केन्द्रीय प्रशिक्षकहरू विभिन्न जिल्लामा खटिएको अवस्थामा धनकुटा, रामेछाप र गोरखा जिल्लामा आन्दोलनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन्। धनकुटामा प्रवक्ता सगुन सुन्दर लावती र राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनका केन्द्रीय सदस्य केबी थापा प्रशिक्षक थिए। रामेछापमा सहायक महामन्त्री सौरेन्द्र शाह, केन्द्रीय नेताहरू फणिराज (राजु) लोहनी र रञ्जन कार्की तथा फणिन्द्र खड्काले प्रशिक्षण सञ्चालन गरे। गोरखामा केन्द्रीय सदस्य रामराज कोइराला र प्रेम बहादुर तामाङले प्रशिक्षण दिएका थिए।

ऊनको स्वीटर टेजर

राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रममार्फत आन्दोलन परिचालनका प्राविधिक, व्यवस्थापकीय तथा सैद्धान्तिक पक्षमा प्रशिक्षण दिन थालेको छ। पार्टीका नेता फणिराज (राजु) लोहनीले जिल्लाका कार्यकर्ताहरू आन्दोलनप्रति उत्साहित रहेको जानकारी दिएका छन्। उनले भने, “आन्दोलन केन्द्रित प्रशिक्षणहरू सफलताका साथ सम्पन्न भइरहेका छन्। यसपटक काठमाडौं केन्द्रित आन्दोलन थप प्रभावकारी र नतिजामूलक हुने अपेक्षा गरिएको छ।”

गोर्खा

                       गोर्खा

महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको आन्दोलन परिचालन समितिको संयोजनमा हालसम्म काठमाडौं, भक्तपुर, नुवाकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न भइसकेको छ। राप्रपाले ७७ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै निर्णायक आन्दोलनको तयारी गरिरहेको छ।

                        रामेछाप

पार्टीले सबै विचार र शक्ति समेट्ने नवीन समझदारीका साथ ४० बुँदे प्रस्ताव अघि सारेको छ। पार्टीको नीति अनुसार पूर्व सुरक्षाकर्मी र राजनीतिक पृष्ठभूमिका प्रशिक्षकहरू देशव्यापी प्रशिक्षण अभियानमा खटिएका छन्।

                    धनकुटा

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय