इलाम । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा पत्रकार राम योङहाङ्गले उमेद्धवारी दिने भएका छन् ।

Pasupati Ayurvedic
Nepalitheme

१७ वर्षदेखि इलाममा व्यवसायीक रुपमा पत्रकारीता गर्दै आएका राम योङ्हाङ्गलाई प्रेश सेन्टर नेपालको २१ औँ प्रदेश समितिको बैठकले अध्यक्षमा उमेद्धवार बनाउने निर्णय गरेको हो । प्रेश सेन्टर नेपालको जिल्ला समन्वय समितिको सर्वसम्मत सिफारिसलाई बुधबार विराटनगरमा बसेको प्रदेश समितिको र्बैठकले अनुमोदन गरेको हो । उनी अहिले नेपाल पत्रकार महासंघ इलामको कोषाध्यक्ष हुन् ।

इलाम एफ एमबाट पत्रकारीता शुरु गरेका योङ्हाङ्ग नयाँ बुलन्द डट कमका सम्पादक हुन् । उनी नेपाल सरकारको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति, शौर्य राष्ट्रिय दैनिकमा कार्यरत छन् । समाजिक संघ संस्थामा क्रियासिल रहेका योङ्हाङ्ग आगामि मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा इलाम जिल्ला अध्यक्षमा उमेद्धवार बनाउने निर्णय भएको प्रेश सेन्टर नेपालका प्रदेश महासचिव सुजन तिमल्सिनाले जानकारी दिए ।

ऊनको स्वीटर टेजर

योङ्हाङ्गको यस्तो छ पत्रकारीता इतिहास
राम योङ्हाङ्गले २०६४ सालबाट पत्रकारीता शुरु गरेका थिए । उनले इलाम एफएम इलाम, नागरिक एफएम झापा, इलाम पोष्ट दैनिक इलाम, पूर्व सन्देश दैनिक झापा, पिपुल्स टाइम्स दैनिक झापामा काम गरेका थिए । त्यस्तै मोफसल साप्ताहिक मोरङ, इक्ला साप्ताहिक इलाम, कमाण्डर पोष्ट राष्ट्रिय दैनिक काठमाण्डौमा विभिन्न मितिमा काम गरि संचार क्षेत्रको कार्यअनुभव रहेको छ ।

उनले आफ्नो सम्पादकत्वमा २०७३ सालबाट नयाँ बुलन्द डट कम संचालन गर्दै आएका छन् । नेपाल सरकारको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिमा २०८० सालबाट काम गर्दै आएका छन् ।
सौर्य राष्ट्रिय दैनिकमा योङ्हाङ्ग २०६८ सालबाट आवद्ध रहेका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघको इलाम अध्यक्ष पनि हुन् । उनी फानिजको जिल्ला अध्यक्ष २०७४ मा भएका थिए । अहिले फोनीजको दास्रो कार्यकालका रुपमा अध्यक्षको जिम्मेवारी दिएका छन् । लिम्बु पत्रकार संघ केन्द्रिय समितिका कोषाध्यक्ष रहेको उनी प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य हुन् ।

योङ्हाङ्गले दुई वटा बिषयमा स्नातकोत्तर गरेका छन् । मानविकी संकायको ग्रामिण विकास र व्यवस्थापन संकायको जन प्रशासन बिषयमा स्नातकोत्तर गरेका छन् । उनले शिक्षा संकायमा स्नातक र कानुन संकायमा स्नातक अध्ययन गरेका छन् । इलामको कर्णाली मानिने माङ्सेबुङ्ग गाउँपालिका ३ इभाङ स्थायी घर भएका योङहाङ्ग अहिले इलाम नगरपालिका ७ मा अस्थायी बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय