Nepalitheme
Pasupati Ayurvedic

फिदिम। मलेसियामा दुर्घटनामा परि ज्यान गुमाएका फिदिम-३ लालिखर्कका सोम बहादुर राईको परिवारलाई सुर्यज्योती लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका राईको असार २२ गते दुर्घटनामा परि निधन भएको थियो।

राईको परिवारलाई सुर्यज्योती लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार बिमा बापत १४ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको फिदिम शाखा प्रमुख सम्झना योङ्हाङले जानकारी दिइन्। उनका अनुसार १० लाख रुपैयाँको वैदेशिक रोजगार बिमा अन्तर्गत ३ हजार ७ सय ०८ रुपैयाँ बिमा शुल्क भुक्तानी गरिएको थियो।

ऊनको स्वीटर टेजर

राईको श्रीमती सरिता राईलाई साउन ३१ गते दाबी भुक्तानी हस्तान्तरण गरिएको छ। बिमा हस्तान्तरण कार्यक्रममा प्रमुख योङ्हाङले जीवन बिमा प्रत्येक व्यक्तिको लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै, जीवनमा आउने बिपतको सामना गर्न बिमा अनिवार्य रहेकोमा जोड दिइन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय