फिदिम, पाँचथर ।
फिदिम नगरपालिकामा ५ दिन पाठेघरको क्यान्सर स्क्रिनिङ निःशुल्क शिविर संचालन हुने भएको छ । नगरपालिकाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निःशुल्क शिविर चलाउने भएको हो ।

Nepalitheme
Pasupati Ayurvedic

महिलाहरुको गर्ववास्था,गर्भपतन, प्रसव र यौन ब्यवहारका कारणले प्रजनन् प्रणालीमा प्रतिकुल प्रभाव पर्ने तथा आङ खस्ने, प्रसव छिद्र, बाझोपन, स्तन क्यान्सर जस्ता प्रजनन् स्वास्थ्य रुग्णता स्क्रिनिङ तथा पहिचानका लागि शिविर आयोजना गर्न लागिएको नगरका स्वास्थ शाखा प्रमुख ओम प्रकाश यादवले जानकारी दिएका छन ।

प्राथमिक स्क्रिनिङ एवं परिक्षण एचपिभि डिएनए विधिवाट गरिनेछ । परिक्षणको नतिजा १ महिनामा आउने र रिपोट पोजेटिभ आएका महिलाहरुलाई थप उपचारको लागि आवश्यक परामर्श प्रदान गरि सम्बन्धित अपस्तालमा प्रेषण गरिने यादवले बताए ।

ऊनको स्वीटर टेजर

शिविर जेठ ९ गते शुरु भई १३ गते सम्म चल्नेछ । नगरका ४ स्थानमा शिविर राखिएको नगरपालिकाले जनाएको छ । जस अनुसार जेठ ९ गते लुङरुपा स्वास्थ्य चौकी फिदिम १४ मा, जेठ १० गते नागीन स्वास्थ्य चौकी फिदिम १२ मा, जेठ ११ गते रानिटार स्वास्थ्य चौकी फिदिम ८ मा तथा जेठ १३ र १४ गते जिल्ला अस्पताल, पाँचथरमा शिविर सञ्चालन गर्ने कार्यक्रम तालिका मंगलबार पत्रकार सम्मेलन गर्दै नगरले सार्वजनिक गरेको छ ।

नगर क्षेत्रका १ हजार महिलाको परिक्षण गर्ने लक्ष्य रहेको र ३० देखि ४९ बर्ष उमेर समुहका महिलाको स्क्रिनिङ गरिने नगरले जनाएको छ । महिनावारी नभएका वेला र गर्भवती नभएका वेला स्क्रिनिङ गरिने हुनाले त्यस्ता महिलाहरुलाई शिविरमा आई क्यान्सर परिक्षण गराएर लाभ लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय