पाँचथर।
मेचीराजमार्ग अन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिकालाई जोड्ने क्रममा निर्माणाधीन मोडुलर पुल भाँचिँदा ६ जना कामदार गम्भीर घाइते भएका छन्। जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचार सम्भव नभएपछि उनीहरूलाई विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको हो।

Nepalitheme

दुर्घटनामा घाइते हुनेहरू सबै बारा जिल्लाको सिमरा उपमहानगरपालिकाका हुन्। घाइतेहरूमा २२ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिषेक चौधरी र २२ वर्षीय रूपलाल चौधरी छन्।

शनिबार करिब ७० मिटर लामो सिंगल स्पान मोडुलर ब्रिजको जडानको क्रममा पुल भाँचिँदा उनीहरू घाइते भएका हुन्। नेपालमा पहिलोपटक यति लामो मोडुलर पुल निर्माण कार्य भइरहेका कारण भारतीय प्राविधिकको सहकार्यमा काम भइरहेको बताइएको छ।

ऊनको स्वीटर टेजर

पुलको विशेषता भनेको यसमा बीचमा कुनै सपोर्टिङ पिलर नराखी दुई किनार जोडिने प्रविधि अपनाइएको हो। यसअघि २०८० सालको बाढीले त्यहाँको पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो, तर सो बेलिब्रिज पनि २०८१ असोजको बाढीले बगाएपछि अहिले मोडुलर पुल जडान थालिएको थियो।

घाइतेहरूको अवस्था यसप्रकार छः
१. रूपलाल चौधरी (२२ वर्ष): गम्भीर अवस्था, बोल्न नसक्ने, बाहिरी चोट देखिएको छैन।
२. राजन चौधरी (२७ वर्ष): पिठ्युँमा चोट, अवस्था गम्भीर।
३. राकेश चौधरी (२२ वर्ष): बोल्न नसक्ने, बाहिरी चोट प्रस्ट देखिएको छैन।
4. भुलेश्वर चौधरी (२५ वर्ष): दायाँ खुट्टा भाँचिएको, गम्भीर अवस्था।
५. प्रकाश चौधरी (३५ वर्ष): टाउको र शरीरका विभिन्न भागमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
६. अभिषेक चौधरी (३० वर्ष): टाउकोमा चोट, अवस्था सामान्यतर्फ।

तीमध्ये अधिकांशलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय