पाँचथर । मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन जना मजदुरको ज्यान गएको छ। प्रहरीका अनुसार शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएको हो।

Nepalitheme

दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। सोही अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए।

पुल खसेलगत्तै एक जनाको ज्यान गएको भनिए पनि चिकित्सक र प्रहरीले उक्त घटनाको पुष्टि गरेका थिएनन्।शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका-४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका-७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो। बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए ।

ऊनको स्वीटर टेजर

घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने २ जना सामान्य छन्। उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पुर्‍याइएको छ । घटनामा बाराको सिमरा उपमहानगरपालिका-१२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन् ।

मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । सो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले पुनः बगाए पछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाम मार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।

पुल बगेपछि यहाँ ह्युम पाइप मार्फत् डाइभर्सन गरेर यातायात आवागमन गराइँदैछ । यद्यपि ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ । बेलिब्रिज खसेसँगै वर्षा याममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्क विच्छेदबाट हुने जोखिम बढेको छ। -कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय