इलाम : विश्वमा लोपउन्मुख अवस्थामा रहेको वन्यजन्तु रेडपाण्डाको बिषयमा पुस्तक प्रकाशन भएको छ ।

Nepalitheme

नेपालमा १५ वर्ष अघिबाट संरक्षणका कार्यक्रम हुँदै आएको लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको बिषयमा लिखित पुस्तक इलाममा विमोचन गरिएको हो ।

डिभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे लगायतका अतिथिहरुबाट बिमोचन गरिएको हो । ‘नेपालमा हाब्रे’ नामक पुस्तकले लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डाको संरक्षणका लागि सरकारी र गैरसरकारी संस्थाको भूमिका बिषयमा उजागर गरेको सम्पादक गिरिराज बास्कोटाले बताए ।

पुस्तक रेडपाण्डाको संरक्षणका क्षेत्रमा क्रियासिल अन्तराष्ट्रिय संस्था रेडपाण्डा नेटवर्क र दीप ज्योती युवाक्लब पाँचथरले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय