पाँचथर।

Nepalitheme

पाँचथरको हिलिहाङ गाउँपालिका–५ की अप्सरा मादेन वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहँदा निधन भएपछि उनको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

कोरियामा रहेका नेपाली समुदायबाट संकलित सहयोग रकममध्ये उपचार खर्च कटाएर बाँकी रहेको २६ लाख ५० हजार ४ सय ७१ रुपैयाँ मृतककी आमा धनकुमारी पौठाकको खातामा जम्मा गरिएको छ।

ऊनको स्वीटर टेजर

पाँचथर सेवा समाज कोरियाका कोषाध्यक्ष विकेशराज योङ्याका अनुसार अप्सरा बिरामी परेपछि कोरियामा ‘अप्सरा बचाउ अभियान’ चलाएर सहयोग रकम संकलन गरिएको थियो। उपचारका क्रममा ५२ लाख वन खर्च भएको जानकारी दिइएको छ।

कोरिया पुगेको पाँच महिनापछि बिरामी परेकी अप्सराको उपचारका क्रममा विभिन्न नेपाली संघ-संस्थाहरू र साथीहरूले सहयोग जुटाएका थिए। हिलिहाङ गाउँपालिका प्रवास समिति, किराँत याक्थुङ चुम्लुङ छल्लादो शाखा र मादेनका साथीहरूले संकलन गरेको उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो।

अप्सराको निधन माघ २ गते भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय