फिदिम।

Nepalitheme

पाँचथरको फिदिम नगरपालिका सभाहलमा पाँचथर समाज काठमाडौँ, नेपालले असोज दोस्रो साता बाढीपहिरोमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई आर्थिक राहत प्रदान गरेको छ। कार्यक्रमको प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेका अनुसार राहत वितरणले पीडित परिवारको संकट सामना गर्न केही सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

समाजका अध्यक्ष होमकुमार लावतीले आठ मृतक र एक बेपत्ताको परिवारलाई जनही १० हजार रुपैयाँ राहत स्वरूप प्रदान गरिएको जानकारी दिए। राहत पाउने परिवारहरूमा फिदिम–१ का गोपी विश्वकर्मा र निर्मला राई, फिदिम–५ की थुममाया योङ्या, फिदिम–२ की रञ्जना राई, फिदिम–८ का पासाङ शेर्पा, फिदिम–१२ का पेम्बी शेर्पा, फालेलुङ–६ की प्रिन्सी राई, र फाल्गुनन्द–६ का नरबहादुर चेम्जोङ रहेका छन्।

ऊनको स्वीटर टेजर

त्यस्तै, फालेलुङ–५ की कमला राईलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो। कमलाको परिवारलाई पनि १० हजार रुपैयाँ राहत प्रदान गरिएको उपाध्यक्ष निर्मल रिजालले बताए।

समाजले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सहयोगका यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनायो। कार्यक्रमका सहभागीहरूले बाढीपहिरोबाट प्रभावित व्यक्तिहरूको दीर्घकालीन पुनर्स्थापनामा सरकारले पनि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

राहत वितरण कार्यक्रम स्थानीय जनप्रतिनिधि, पीडित परिवारका सदस्य, तथा समाजका सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको साजका अध्यक्ष लावतीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय