ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा करेण्ट लागेर घाईते भएकी ७ वर्षीया बालिकाको मृत्यु भएको छ ।

Nepalitheme

 

आईतबार विद्युत् प्रवाह भइरहेको तार पोलबाट खसेर करेण्ट लाग्दा बालिका मंसिरी शेर्पा गम्भिर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईपु¥याउन साथ चिकित्सहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिबेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसा बालिकालाई बेलुकी करिब ८ बजे अस्पताल ल्याईपु¥याइएको थियो ।

 

सरस्वती आधारभूत विद्यालय तेम्बेमा अध्ययनरत उनलाई विद्यालयबाट घर फर्कंदै गरेको समयमा पोलबाट झरेको विद्युतीय तारले लागेको थियो । सो क्षेत्रमा दुई वर्षअघि मात्र यस्तै प्रकृतिले करेन्ट लागेर एक जनाले ज्यान गुमाएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads