फिक्कल । ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार-२०८१’ बाट इलामका पत्रकार रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत हुने भएका छन् । प्रेस सेन्टर नेपाल इलामको सिफारिसमा सहिद स्मृति प्रतिष्ठान इलामले विगत ३ वर्षदेखि वितरण गर्दै आएको जनयुद्धका सहिद पत्रकार ‘शशीकला शर्माकाे स्मृतिमा स्थापित पुरस्कार पत्रकारद्धय काफ्ले र ढकालले पाउने भएका हुन् ।

संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरेर पुरस्कृत गरिने भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणको अध्यक्षतामा बसेको बैठकले पुरस्कार सिफारिस गरेको थियो । तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आवद्ध शर्मालाई जनयुद्धका बेला २०६० असोज २६ गते तत्कालिन शाही सेनाले सन्दकपुर गाउँपालिका-२ माईमझुवामा गोली प्रहार गरी हत्या गरेका थिए ।

शर्मा तत्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादकका साथै नेकपा (माओवादी) की जिल्ला सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य थिईन् । उनकै नामबाट शहिद स्मृति प्रतिष्ठानले पत्रकारिता पुरस्कार स्थापना गरेको हो । जनयुद्धको क्रममा इलाममा माओवादीतर्फ ८६ जनाको हत्या भएको थियो ।

उनकै नामबाट शहिद स्मृति प्रतिष्ठान इलामले पुरस्कार स्थापना गरेको हो । यसअघि सो पुरस्कार इलामका लेखक/पत्रकार रीता राराहाङ, नाटककार/पत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय