पाँचथर।

पाँचथरको फिदिममा सोमबार सम्पन्न एक विशेष कार्यक्रमका दौरान प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई ताप्लेजुङ प्राविधिक इकाईले आलु जोन संचालन समन्वय समिती गठन गरेको छ। यस समितीको अध्यक्षमा इन्द्र कुमार नेम्बाङ चयन भएका छन्।

नवगठित ९ सदस्यीय कार्य समितीमा चन्द्रमाँया बोहोरा, सर्मिला रैका, लक्की शेर्पा, खगेन्द्र बस्नेत, भूपाल तामाङ, भरत राई, उमन राई, र दुर्गा नेम्बाङ सदस्यका रूपमा रहेका छन्। यो जानकारी प्राविधिक इकाई पाँचथरका सूचना अधिकारी कैलाश न्यौपानेले दिएका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिती पाँचथरका प्रमुख रामराज आङदेम्बे र कार्यक्रमका अध्यक्ष काशिराम पाण्डे रहेका थिए। यसअघि समितीको संयोजक धन कुमार तामाङ थिए। नवगठित समितीको कार्यकाल २ वर्षको रहनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय