फिदिम।

पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका-७, एकचेप्पा सुभाङकी ६८ वर्षीय इन्द्रमाया केरुङ सुहाङलाई फोक्सोको क्यान्सर उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। हाल फिदिम बजारमा अस्थायी रूपमा बस्दै आएकी केरुङ विगत एक वर्षदेखि भारतको सिलिगुडीमा उपचाररत छिन्।

उपचारको खर्च व्यवस्थापन गर्न विभिन्न देशहरूबाट संकलित रकम शनिबार फिदिममा अभियानकर्ता नरेन्द्र राज केरुङ, समाजसेवी घनेन्द्र राज केरुङ, र पत्रकार सुबास राईको उपस्थितिमा हस्तान्तरण गरिएको हो। यो सहयोग अभियानमा दक्षिण कोरियाबाट प्रदिप केरुङको संयोजकत्वमा, इजरायलबाट संगिता आङ्बो, कुवेतबाट मिना केरुङ (फुङवाना), र नेपालबाट नरेन्द्र राज केरुङको पहलमा जम्मा १ लाख ७८ हजार ९ सय २ रुपैयाँ संकलन गरिएको थियो।

उक्त रकम बिरामी इन्द्रमाया केरुङ सुहाङ र उनको परिवारलाई हस्तान्तरण गरिएको छ। यस सहयोगले उपचारमा केही सहजता मिल्ने विश्वास गरिएको अभियानकर्ता नरेन्द्र राज केरुङले बताए ।

नामावली–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय